मंगलबार नेप्से परिसूचक १३.१८ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक १३.१८ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज ३० । मंगलबार नेप्से परिसूचक १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८९ स्टकको ४५ हजार ४५६ पटकको कारोबारमा १ अर्ब रुपैयाँ बराबरको ३८ लाख १३ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज हाथवे इन्भेष्टमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३० प्रतिशत बढेको छ। त्यस्तै, आज बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक १.२५ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 October 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न