भदौ महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, गत वर्ष भन्दा २२.१ प्रतिशतले धेरै

भदौ महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, गत वर्ष भन्दा २२.१ प्रतिशतले धेरै : Icon Khabar

काठमाडौँ, असोज ३० । चालु आर्थिक वर्षको भदौ महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। साउनमा १ खर्ब १६ अर्ब रेमिट्यन्स भित्रिएकोमा भदौमा केहि कम रेमिट्यान्स भित्रिएको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो २ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले घटेर ७४ हजार४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले घटेर ३२ हजार ४ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले बढेर २ खर्ब ५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।

Published Date: 17 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग