उपत्यका प्रहरीद्वारा सर्वसाधारणमा १० बुँदे अपिल जारी, चाडबाडमा ड्रोनको प्रयोग गरेर सुरक्षा निगरानी हुने

उपत्यका प्रहरीद्वारा सर्वसाधारणमा १० बुँदे अपिल जारी, चाडबाडमा ड्रोनको प्रयोग गरेर सुरक्षा निगरानी हुने : Icon Khabar

काठमाडौं, असोज ३० । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौंलाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका निम्ति अपिल जारी गरिएको जानकारी दिए । उनका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अरू ठाउँमा अपरिचित व्यक्तिले दिएका खानेकुरा नखान अनुरोध गरिएको छ ।

जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसलबाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छरछैन यकिन गर्न र सकेसम्म साइरनजडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न भनिएको छ ।

यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्ड हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अंकको मात्र चेक जारी गर्न र सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ ।

लंगुरबुर्जा, तास, जुवालगायत हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बन्न, मादकपदार्थ सेवन, लागुपदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 17 October 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट