गाजा क्षेत्रका ५० हजार गर्भवती महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

गाजा क्षेत्रका ५० हजार गर्भवती महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित : Icon Khabar

तेल अभि, असोज ३० । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजा क्षेत्रका ५० हजार गर्भवती आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेको संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनस्थित जनसांख्यिक कोष (यूएनएफपीए) ले जनाएको छ ।

उक्त संस्थाका अनुसार गाजामा यस महिना ५ हजार ५ सय महिलाले बच्चा जन्माएका छन् । यी महिलालाई तत्काल स्वास्थ्य सेवा र सुरक्षाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ ।

यूएनएफपीएले सामाजिक सञ्जाल एक्समा एक स्टाटस राख्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवता कानुन तथा मानवअधिकारसम्बन्धी कानुन पालना गर्न पनि आग्रह गरेको छ । उक्त संस्थाका निर्देशक डोमिनिक एलेनले अमेरिकी समाचार संस्था सीएनएनसँगको अन्तर्वार्तामा गाजामा स्वास्थ्य सेवा जटिल अवस्थामा रहेको बताएका छन् । ‘स्वास्थ्य सेवामा आक्रमण भइरहेको छ र संकटको अवस्थामा छ,’ उनले भने, ‘ती महिलाहरू, जसका बारेमा हामी चिन्ता प्रकट गरिरहेका छौं, उनीहरूको कतै जाने ठाउँ छैन ।’ उनीहरूले अकल्पनीय चुनौती भोगिरहनुपरेको निर्देशक एलेनले बताए ।

उनले गाजा क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन पनि सबै पक्षसँग आग्रह गरे । ‘गाजामा मानवीय करिडोर खुला गर्न आवश्यक छ । यस्तै, मानवीय कानुन पनि पालना गर्नुपर्छ । अनि मात्र, गर्भवती तथा सुत्केरीले स्वास्थ्य सेवा प्राप्त गर्नेछन्,’ उनले भने ।

यही अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि जवाफी कारबाहीस्वरूप उत्तर गाजा क्षेत्रमा नाकाबन्दी गरेको हो, जसका कारण त्यहाँको जनजीवन कष्टपूर्ण बनेको छ । स्थानीय खानेपानी, विद्युत्, इन्धन र खाद्यान्न सामग्रीका लागि संघर्ष बाध्य छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गाजा क्षेत्रमा २४ घण्टाका लागि मात्र पानी, बत्ती र इन्धन बाँकी रहेको बताएको छ ।

Published Date: 17 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु