मंगलबार सुनको भाउमा गिरावट, कति छ आजको मूल्य ?

मंगलबार सुनको भाउमा गिरावट, कति छ आजको मूल्य ? : Icon Khabar

काठमाडौं, असोज ३० । असोज महिनाको अन्तिम दिन सुनको भाउ ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले घटेर १ लाख ११ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार पनि सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुन १ लाख १३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँ कायम रहेको छ । सोमबार चाँदीको भाउ १३ सय ९० रुपैयाँ रहेको थियो ।

Published Date: 17 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग