वाणिज्य बैंकका यी शाखाबाट साट्न पाइन्छ दसैंलाई नयाँ नोट

वाणिज्य बैंकका यी शाखाबाट साट्न पाइन्छ दसैंलाई नयाँ नोट : Icon Khabar

काठमाडौं, असोज ३० । बैंकहरुले असोज २९ गतेदेखि दसैंका लागि नयाँ नोट सटही सुविधा दिइरहेका छन् । नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार आफ्ना प्रादेशिक कार्यालयहरुमार्फत बैंक तथा वित्तीय संस्था, सर्वसाधारण र संस्थागत रुपमा नयाँ नोट सटही कात्तिक ३ गतेसम्मका लागि खुला गरिसकेको छ ।

वाणिज्य बैंकहरुले सीमित शाखाहरुबाट मात्रै सर्वसाधारणलाई नयाँ नोट सटही सुबिधा दिंदै आएका छन् । वाणिज्य बैंकहरूले निश्चित शाखा कार्यालयहरू तोकेका छन् । एक पटकमा एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट साट्न सक्नेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटहीको व्यवस्था मिलाइएको केन्द्रीय बैंकको भनाइ छ ।

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ ।

कुमारी बैंक

यस बैंकले उपत्यकाका १० वटा शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । यस बैंकले पुतली सडक, गोङ्गबु, महाराजगञ्ज, कुमारीपाटी, चावहिल, पेप्सिकोला, बागबजार, टेकु, नयाँ बानेश्वर र सूर्यविनायक शाखाबाट नयाँ नोट साट्न पाइने जनाएको छ ।
बैंकले नयाँ नोटमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १/१ प्याकेट मात्रै सटही सुविधा दिने उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंक

यस बैंकको कान्तिपथ, कमलादी, धापासी, पुल्चोक र सूर्यविनायक शाखा कार्यालयबाट नयाँ नोट साट्न पाइन्छ । बैंकले नयाँ नोटमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १—१ प्याकेट मात्रै गरेर प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिने उल्लेख गरेको छ ।सिटिजन्स बैंकयस बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १/१ प्याकेट मात्रै सटही सुविधा दिने उल्लेख गरेको छ । सिटिजन्सले दरबारमार्ग, न्यूरोड, कलंकी, मैतिदेवी, थापाथली, कमलादी, नयाँबानेश्वर, सामाखुशी, धुमबाराही, बौद्ध, किर्तिपुर, कुमारीपाटी, थसिखेल, भैंसेपाटी, ठिमी र सूर्यविनायक शाखाबाट नयाँ नोट सटही सुविधा दिने जनाएको छ ।

नबिल बैंक

नबिलले असोज २९ गतेदेखि उपत्यकाका ५ वटा शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । बैंकले लाजिम्पाट, गुसिंगल, मंगलबजार, कलम विनायक र बौद्ध जोरपाटी शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको जनाएको छ ।

माछापुच्छ्रे बैंक

यस बैंकले उपत्यकाभित्रका ३ वटा शाखा कार्यालयबाट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही दिएको जनाएको छ । बैंकले लाजिम्पाट, कौशलटार र पुल्चोक शाखाबाट नयाँ नोट सटही सुविधा उपलब्ध गरेको जनाएको छ ।

एनआइसी एसिया बैंक

यस बैंकले थापाथली, धापासी, भैसेपाटी र बयासी विस्टार शाखाबाट नयाँ नोट साट्न सकिने जनाएको छ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म साट्न सकिने जनाएको छ ।

प्रभु बैंक

प्रभुले नयाँ बानेश्वर, स्वयम्भु, कुमारीपाटी, भैंसेपाटी र ठिमी शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । बैंकले कात्तिक ३ गतेसम्म राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर नयाँ नोट सटही सुविधा दिने उल्लेख गरेको छ ।

हिमालयन बैंक

यस बैंकले ठमेल, सुनधारा र पुल्चोक शाखाबाट नयाँ नोट साट्न सकिने जनाएको छ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म साट्न सकिने जनाएको छ ।

लक्ष्मी सनराइज बैंक

यस बैंकले उपत्यकाका ९ वटा शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । यस बैंकले पुतली सडक, गौह्रिधारा, हात्तीसार, पुल्चोक, भक्तपुर, न्यूरोड, गौशाला, कालिकास्थान र कालिमाटी शाखाबाट नयाँ नोट साट्न पाइने जनाएको छ । बैंकले नयाँ नोटमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १—१ प्याकेट मात्रै सटही सुविधा दिने उल्लेख गरेको छ ।

सिद्धार्थ बैंक

यस बैंकले हात्तीसार, बौद्ध, जावलाखेल र भक्तपुरको गठ्ठाघर शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । यो बैंकले बिहान ११ बजेबाट १ बजेसम्म नयाँ नोट सटही सुविधा दिने जानकारी दिएको छ ।

एनएमबि बैंक

यस बैंकको सितापाइला, कान्तिपथ, सूर्यविनायक, बागदरवार, चावहिल र बसुन्धारा शाखा कार्यालयबाट नयाँ नोट साट्न पाइन्छ । बैंकले नयाँ नोटमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १/१ प्याकेट मात्रै गरेर प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिने उल्लेख गरेको छ ।

प्राइम कमर्सियल बैंक

यस बैंकले कमलपोखरी, सामाखुसी, कालीमाटी, पुल्चोक र सूर्यविनायक शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । यो बैंकले बिहान ११ बजेबाट २ बजेसम्म नयाँ नोट सटही सुविधा दिने जानकारी दिएको छ ।

Published Date: 17 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु