अधिकांश बैंकहरुले घटाए कार्तिक महिनाका लागि ब्याजदर

अधिकांश बैंकहरुले घटाए कार्तिक महिनाका लागि ब्याजदर : Icon Khabar

काठमाडौँ, असोज ३० । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कार्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सूचना अनुसार १४ बैंकहरुले असोजको तुलनामा कार्तिकमा ब्याजदर घटाएका छन्। त्यसैगरी, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने २ बैंकहरुले ब्याजदर बढाएका छन्।

२० बैंकहरुमध्ये असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक भने एभरेष्ट बैंक रहेको छ। बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशतविन्दुले घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ। त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ प्रतिशतविन्दुभन्दा बढी ब्याजदर घटाएका छन्।

सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यता नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन्। एनएमबि बैंकको ब्याजदर १.०१३ प्रतिशतविन्दुले बढेको हो।

Published Date: 17 October 2023






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न