मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, असोज ३० । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 October 2023
Website | + posts