आज मंगलवारको राशिफल

आज मंगलवारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज ३० । आज २०८० असोज ३० गते मंगलवार, तद्अनुसार १७ अक्टोबर २०२३ । आज असोज शुक्ल तृतिया, प्रीति तैतल विशाखा, अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस ।

आजको राशिफल

मेष : कम प्रयासमै कार्यसिद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

वृष : दाजुभाइको सहयोग पाइने छ । लगानी शुभ रहने छ । विवेकको प्रयोग गर्दा लाभ हुनेछ ।

मिथुन : सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार लाभदायक हुनेछ । प्रसन्नताको वातावरण रहने छ ।

कर्कट : नयाँ योजना बन्ने छ । तत्काल लाभ मिल्दैन । शेयर मार्केटबाट लाभ मिल्ने छ । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला ।

सिंह : धनलाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । लगानी शुभ रहने छ ।

कन्या : सन्तान पक्षको स्वास्थ्य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । जीवनसाथीको स्वास्थ्यमा खर्च हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

तुला : कुनै धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । धन प्राप्ति सुगम हुनेछ ।

वृश्चिक :युवा–युवतीले विशेष सावधानि अपनाउनु पर्नेछ । विवादलाई नबढाउनु होला । सवारी साधन तथा मेशीनको प्रयोगमा लापरवाही नगर्नु होला ।

धनु : विरोधी सक्रिय रहने छन् । धनहानि हुनसक्छ । बोलीमा नियन्त्रण राख्नु पर्नेछ ।

मकर : सुखका साधनमा खर्च हुनेछ । प्रोपर्टीको कामले लाभ दिने छ । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

कुम्भ : जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नताको वातावरण रहने छ । लेन–देनमा हतार नगर्नु होला ।

मीन : मनोरञ्जक यात्रा हुनसक्छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । अरुको कार्यमा हस्तक्षेप नगर्नु होला ।

Published Date: 17 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग