कार्तिक १ गते बुधबारदेखि काठमाडौंका यी तीन सडकमा वन-वे (सूचना सहित)

कार्तिक १ गते बुधबारदेखि काठमाडौंका यी तीन सडकमा वन-वे (सूचना सहित) : Icon Khabar

काठमाडौं, असोज २९ । काठमाडौं महानगरपालिकाले तीन नयाँ सडकलाई एकतर्फी (वन वे) बनाएको छ । यही कार्तिक १ गते बुधबारदेखि लागू हुने गरी महानगर भित्रका तीन नयाँ ठाउँमा वान वे बनाउन लागेको हो ।

महानगरपालिका क्षेत्रभित्र सवारी आवागमनलाई थप व्यवस्थित बनाउन कात्तिक १ गतेबाट लागू गर्ने गरी त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी (वन-वे) बनाइएको महानगरले सोमवार एक सूचना जारी गरेर जानकारी दिएको छ ।

नयाँ नियम अनुसार काठमाडौं महानगरपालिका वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल- सेतोपुल-मिलन मार्गतर्फ जान मात्र पाउने छ ।

वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाइने छ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाउने महानगरपालिकाले जनाएको छ ।

Published Date: 16 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु