नेपालमा दलाल पुँजीपति वर्गको हाबी भइरहेको छ : नारायणमान बिजुक्छेँ

नेपालमा दलाल पुँजीपति वर्गको हाबी भइरहेको छ : नारायणमान बिजुक्छेँ : Icon Khabar

भक्तपुर, असोज २९ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालमा दलाल पुँजीपति वर्गको हाबी भइरहेको बताउँदै राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल र पुँजीपति वर्गको विरोधमा संघर्ष गर्नु आवश्यक भएको सो अवसरमा बताए।

आज भक्तपुरमा आयोजित भक्तपुर ट्रक व्यवसायी प्रालिको २२, २३ र २४ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

बिजुक्छेँले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारीचालकहरुलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५—२० मि टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

देशको नीति निर्माण गर्ने थलो संसद राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उनले सदनमा व्यवसायीहरू पुग्न सके सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताए।

पार्किङको लागि भक्तपुर नपाले ठाउँ ठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशीहरूको बैंकमा पैसा राख्न नहुने धारणा उनले उक्त कार्यक्रममा राखे।

Published Date: 16 October 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास