मिर्मिरे लघुवित्तको एफपीओमा माग गरे भन्दा बढी आवेदन

मिर्मिरे लघुवित्तको एफपीओमा माग गरे भन्दा बढी आवेदन : Icon Khabar

काठमाडौं, असोज २९ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड(MMFDB)ले निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा पाँचाै दिनसम्ममा नै माग गरे भन्दा ११२.१३ गुणा बढी आवेदन परेको छ। लघुवित्तको एफपीओमा १२ लाख १२ हजार १०९ जनाले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साेमबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा लघुवित्तको एफपीओमा १ कराेड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा १ अर्ब ३८ करोड ८३ लाख ७३ हजार रूपैयाँको आवेदन परेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो। लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेकाे हो।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो शेयरका लागि लगानीकर्ताले भाेलिसम्म आवेदन दिन सकिनेछ।

Published Date: 16 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग