मिर्मिरे लघुवित्तको एफपीओमा माग गरे भन्दा बढी आवेदन

मिर्मिरे लघुवित्तको एफपीओमा माग गरे भन्दा बढी आवेदन : Icon Khabar

काठमाडौं, असोज २९ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड(MMFDB)ले निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा पाँचाै दिनसम्ममा नै माग गरे भन्दा ११२.१३ गुणा बढी आवेदन परेको छ। लघुवित्तको एफपीओमा १२ लाख १२ हजार १०९ जनाले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साेमबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा लघुवित्तको एफपीओमा १ कराेड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा १ अर्ब ३८ करोड ८३ लाख ७३ हजार रूपैयाँको आवेदन परेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो। लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेकाे हो।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो शेयरका लागि लगानीकर्ताले भाेलिसम्म आवेदन दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 October 2023
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू