यातायात कार्यालयमा बिचौलिया निषेध गर्न मन्त्री ज्वालाको निर्देशन

यातायात कार्यालयमा बिचौलिया निषेध गर्न मन्त्री ज्वालाको निर्देशन : Icon Khabar

ललितपुर, असोज २६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन दिएका छन् । सहयोगका नाममा बिचौलियाले सेवाग्राहीलाई शोषण गर्नुका साथै सरकारी कामकारबाहीबारे नकारात्मक भ्रम फैलाउने काम भएकाले निषेध गर्न यातायात कार्यालयलाई मन्त्री ज्वालाले निर्देशन दिएका हुन्।

ललितपुरमा बिहीबार आयोजित सवारीचालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रममा विद्युतीय सेवा प्रवाहलाई जोड दिँदै उनले बिचौलियालाई निषेध गर्नुपर्ने बताए।

मन्त्री ज्वालाले भने, “कार्यालयमा बिचौलिया क्षेत्र निषेधित लेखेको बोर्ड मात्रै छ कि कार्यान्वयन पनि भएको ? बोर्ड अनुसार कार्यान्वयन गर्नुस् । जति छिटोछरितो र नम्र भएर काम गर्नुहुन्छ त्यति बिचौलिया निषेधित हुँदै जान्छन् ।”

उनले सबै यातायात कार्यलय विद्युतीय सेवा प्रवाह (अनलाइन) प्रणालीमा लगिने बताए । अनलाइन प्रणालीलाई कार्यान्वयनमा लैजान जोड दिँदै मन्त्री ज्वालाले भने, “राजस्व बुझाउन यातायात कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्छ । सबै कार्यालयमा अनलाइन प्रणाली सुरु गर्न लागिरहेका छौँ । पोखरामा सुरु भइसकेको छ ।”

उहाँले बिनाझन्झट सहज रूपमा जनतालाई सेवा दिन सरकार लागिपरेको बताए । मन्त्री ज्वालाले भने, “अनलाइन सेवा देशव्यापी बनाऊँ । हामीले लाइसेन्स, राजस्व बुझाउन कार्यालयमा जानुपर्दैन । लाइन लाग्नुपर्दैन भन्ने कुरा सुनिश्चितता गर्नुपर्छ । यो कुरा छिटोभन्दा छिटो गर्नुपर्छ ।”

Published Date: 13 October 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर