नेपाली टोलीबाट आगामी प्रतियोगिता नखेल्ने सन्दीपको घोषणा

नेपाली टोलीबाट आगामी प्रतियोगिता नखेल्ने सन्दीपको घोषणा : Icon Khabar

काठमाडौँ, असोज २६ ।  स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीबाट आगामी प्रतियोगिता नखेल्ने जनाएका छन् । सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको बताउँदै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका छन् ।

नेपालले आगामी प्रतियोगिताको रुपमा नेपालले हङकङ र युएईसँग अर्को साता देखी त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । त्रिकोणात्मक सिरिज पछि विश्वकप छनोट खेल्नेछ ।

पछिल्लो समय सन्दीपले नाम फिर्ता लिने बताएपनि अन्तिममा खेल्दै आएका छन् । दुई साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद पनि सन्दीपले आफूले नखेल्ने भनेका थिए । तर अन्तिम समयमा उनी खेल्न गएका थिए ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीले खेल्ने प्रतियोगिता अघि सन्दीपले नखेल्ने घोषणा गर्दै आएका छन् । तर उनले नखेल्ने घोषणा गरेका सबै खेल र प्रतियोगिता भने खेल्दै आएका छन् ।

सन्दीपलाई गतवर्ष भदौमा १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको गम्भीर आरोप लागेको थियो । त्यसैको कारण उनले ९९ हिरासतमा बिताउनु परेको थियो । उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्न आदेश दिएपछि फागुन देखी नेपाली टोलीमा फर्किएका थिए ।

उक्त मुद्धाको अन्तिम फैसला अझै हुन सकेको छैन । सन्दीप पेशी जिल्ला अदालत काठमाडौंमा जारी छ । उनी लगातार पेशी सार्दै नेपाली टोलीबाट खेल्दै आएका छन् । सन्दीपले जीवनको कठिन र चुनौतीपूर्ण समयमा परिवारसँग समय बिताउन चाहेको हुँदा आगमी प्रतियोगिता नखेल्ने निर्णय लिएको बताएका छन् ।

नेपालले आफ्नो पहिलो खेल कार्तिक १ (अक्टोबर १८) मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ ।

कार्तिक ६(अक्टोबर २३) मा नेपालले युएईसँग खेल्नेछ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल भने कार्तिक १० (अक्टोबर २७) मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज आयोजना गरेको हो ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

Published Date: 13 October 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी