बिहीबार नेप्से परिसूचक २०.१६ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक २०.१६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २५ । बिहीबार नेप्से परिसूचक २०.१६ अंक घटेर १८७४.६० विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज २९२ स्टकको ६२ हजार ४६ पटकको कारोबारमा १ अर्ब ७० करोड १ लाख रुपैयाँ बराबरको ७५ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज १६ करोड ३८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक १.१६ प्रतिशत बढेको हो। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। त्यस्तै, आज विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 October 2023
Website | + posts