चलचित्र परदेशी २ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने

चलचित्र परदेशी २ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, असोज २३ । चलचित्र परदेशी २ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदैदै अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र परदेशी २ को प्रदर्शन मिति नजिकिँदै गर्दा नर्भस भएको बताए। उनले चलचित्रलाई धेरै दर्शकले रुचाउने आशा गरेको पनि जानकारी दिए।

अभिनेत्री शिवाकोटीले चलचित्रले यो दसैँ झनै विशेष बनाउने बताए । यस्तै, अभिनेता एवम् गायक प्रकाश सपुतले चलचित्रमा आफू नयाँ भएको र चलचित्रको मिति सर्दा धेरै डर लागेको बताए।

उनले नेपालगञ्ज, चितवन, बुटवल र पोखरा लगायतका स्थानमा प्रचारप्रसार गरेको बताउनुभयो । उहाँले चलचित्र आफ्नो गाउँ वाग्लुङमा प्रिमियर गरेको बताए।

बडा दसैँको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’ मा प्रकाश, वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।

रमेश बिजीले कथा एवम् पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेसिँदा बुढेसकाल लागेका आमाबुबाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । आठ वर्ष अगाडि प्रदर्शनमा आएको यसको अघिल्लो श्रृङ्खला ‘परदेशी’ ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । ‘परदेशी २’ प्रति पनि चलचित्रकर्मी एवं दर्शकले ठूलो आशा राखेका छन् ।

Published Date: 10 October 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता