मंगलबार नेप्से परिसूचक १९.०६ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १९.०६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २३ । मंगलबार नेप्से परिसूचक १९.०६ अंक घटेर १८८९.५९ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १ अर्ब १७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८२ स्टकको ४४ हजार ६९ पटकको कारोबारमा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ।

आज अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ। त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्रको मूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज २० करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी ,आज नबिल बैंकको करिब साढे ३ करोडको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधकि १.७९ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमिूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 October 2023
Website | + posts