तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटायौं: स्वास्थ्यमन्त्री

तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटायौं: स्वास्थ्यमन्त्री : Icon Khabar

काठमाडौं, असोज २३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था रहेको दाबी गरे ।

‘अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । प्रधानमन्त्री ज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो’ उनले भने, सधैंभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन ।’

वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीको करार स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा थप नगर्ने निर्णय भएको थियो ।

यसले अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ । मन्त्री बस्नेतले भने चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गर्ने बताएका छन् । स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै उनले छिट्टै चिकित्सा शिक्षा ऐन संशोधन गरिने समेत बताएका छन् ।

Published Date: 10 October 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता