एशियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई स्वागत

एशियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई स्वागत : Icon Khabar

काठमाडौँ, असोज २३ । मित्र राष्ट्र चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेकपा माओवादीका नेता, नेपाली काँग्रेसका नेतो, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामा र महासचिव दावा गुरुङ्ग, कर्मचारी संघका अध्यक्ष सरस्वती के.सी., पूर्व अध्यक्ष रञ्जन थापा लगायको उपस्थिती रहेको थियो ।

एशियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा कराते खेलाडी एरिका गुरुङ्गले रजत र कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।

खेलाडीहरुलाई विमानस्थलबाट विभिन्न स्थानको परिक्रमा गरि राष्ट्रिय खेलकुद परिषद्मा विशेष कार्यक्रमका विच स्वागत र सम्मान गर्ने कार्यक्रम रहेकोमा नेपाल सरकारले शोक दिवस घोषणा गरेका कारण औपचारिक कार्यक्रम स्थगन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 October 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट