”जि खोपय् च्वम्हँ हिरो” नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक

”जि खोपय् च्वम्हँ हिरो” नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक : Icon Khabar

काठमाडौँ, असोज २३ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा नेपाल भाषामा तयार भएको ”जि खोपय् च्वम्हँ हिरो” को म्युजिक भिडियो एक समारोह बीच सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्गी र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ भने उक्त भिडियोको कथा अनुसार फिल्ममा झैं बाबु तामाङलाई खलनायकको भूमिकामा देख्न सकिन्छ ।

निर्देशक राजेश मान सिंहले जानकारी दिए अनुसार नेपाल भाषामा तयार भएको म्युजिक भिडियोलाई उत्कृष्ट अनि राम्रो भिडियो बनाउनको निमित्त हर सम्भव मेहनत गरेको बताए । म्युजिक भिडियो हेर्ने सबैले नयाँ तथा फरक अनुभव गर्न सकोस् भनेर बिहानदेखि बेलुकीसम्म मेहनत गरेर पाँच दिनसम्म सुटिङ गरिएको पनि जानकारी दिए।

गायक सुर्य कमल राई र दिलु श्रेष्ठको स्वरमा सजिएको नेवा: गीतमा संगीतकार तथा गायक सुर्यकमल राईको मिठो संगीत रहेको छ । गीतमा फाइट निर्देशन सुरज श्रेष्ठ (एक्सन फाइट), सहायक फाइट सहनिर्देशनभने बाबु तामाङ/दोर्जे लामा/जीवन कार्कीद्वारा गरिएको छ । छायांकन र सम्पादन सोहन मानन्धर स्टिल रहेको अनि फोटो ग्राफी विक्रम खड्गी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 October 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग