सोमबार नेप्से परिसूचक १२.५८ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १२.५८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २२ । सोमबार नेप्से परिसूचक १२.५८ अंक घटेर १९०८.६६ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८० करोडको शेयर कारोबार भएको बजारमा आज २८७ स्टकको ४८ हजार ४४४ पटकको कारोबारमा १ अर्ब १७ करोड १ लाख रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज ३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक १ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 October 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु