सोमबार नेप्से परिसूचक १२.५८ अंकले घट्यो

सोमबार नेप्से परिसूचक १२.५८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असोज २२ । सोमबार नेप्से परिसूचक १२.५८ अंक घटेर १९०८.६६ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८० करोडको शेयर कारोबार भएको बजारमा आज २८७ स्टकको ४८ हजार ४४४ पटकको कारोबारमा १ अर्ब १७ करोड १ लाख रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज ३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक १ प्रतिशत घटेको छ।

Published Date: 09 October 2023


ताजा
नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज सोमबारको राशिफल
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग