आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज २१ । साताको पहिलो दिन सुन-चाँदीको भाउ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार सुनको भाउ तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 October 2023
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता