आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज २१ । साताको पहिलो दिन सुन-चाँदीको भाउ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार सुनको भाउ तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 08 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता