काठमाडौं महानगरले दशैंका लागि बिक्री गरिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं महानगरले दशैंका लागि बिक्री गरिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने : Icon Khabar

काठमाडौं, असोज २० । काठमाडौं महानगरपालिकाले दशैंका लागि राजधानीमा बिक्री गरिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कामनपाले असोज २३ गतेदेखि स्वास्थ्य परीक्षण सुरु गर्ने भएको छ । विगतका वर्षहरूमा कामनपाले घटस्थापनाको दिनदेखि नवमीसम्म मात्रै स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखेको थियो । यो वर्ष चाँडै सुरु हुने भएको छ ।

कामनपाले घरपालुवा जनावरको कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र नेपाल खाद्य संस्थानको बिक्री केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ ।

कामनपाको कृषि तथा पशुपन्छी विभाग, पशुचिकित्सक, कामपा प्रहरी र सम्बन्धित वडाको समन्वयमा बाख्राको निरीक्षण र परीक्षण गरिने कामनपा कृषि विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए । अनुगमनपछि स्वस्थ बाख्राका सीङलाई हरियो र अस्वस्थ बोकालाई रातो रंग दिइने उनले बताए ।

Published Date: 07 October 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड