काठमाडौं महानगरले दशैंका लागि बिक्री गरिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं महानगरले दशैंका लागि बिक्री गरिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने : Icon Khabar

काठमाडौं, असोज २० । काठमाडौं महानगरपालिकाले दशैंका लागि राजधानीमा बिक्री गरिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कामनपाले असोज २३ गतेदेखि स्वास्थ्य परीक्षण सुरु गर्ने भएको छ । विगतका वर्षहरूमा कामनपाले घटस्थापनाको दिनदेखि नवमीसम्म मात्रै स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखेको थियो । यो वर्ष चाँडै सुरु हुने भएको छ ।

कामनपाले घरपालुवा जनावरको कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र नेपाल खाद्य संस्थानको बिक्री केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ ।

कामनपाको कृषि तथा पशुपन्छी विभाग, पशुचिकित्सक, कामपा प्रहरी र सम्बन्धित वडाको समन्वयमा बाख्राको निरीक्षण र परीक्षण गरिने कामनपा कृषि विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए । अनुगमनपछि स्वस्थ बाख्राका सीङलाई हरियो र अस्वस्थ बोकालाई रातो रंग दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 October 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट