धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु : Icon Khabar

मलेखु (धादिङ), असोज १७ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको छ ।

ट्रकले ठक्कर दिँदा सिद्धलेक गाउँपालिका–६ का विद्यालयका विद्यार्थी निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शान्तिलालप्रसाद जैसवालले जानकारी दिए ।

काठमाडौंबाट चितवन जाँदै गरेको प्रान्त ०२–००१ ख ६४१३ नम्बरको ट्रकले आज बिहान विद्यार्थीलाई ठक्कर दिएको थियो । मृतक दुवै जना बागेश्वरी माविमा कक्षा ८ मा अध्ययनरत थिए ।

मुआब्जाको माग गर्दै आक्रोशित स्थानीयले पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध गरेका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 October 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ