नेपालले दोस्रो विकेट गुमायो

नेपालले दोस्रो विकेट गुमायो : Icon Khabar

हान्झाउ, असोज १६ । नेपालका ओपनर कुशल भुर्तेल एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल खेलमा भारतविरुद्ध आउट भएका छन् । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।

कुशल मल्ल १९ बलमा २ चौका र २ छक्कासहित २८ रनमा क्रिजमा छन् । नेपालका कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर आवेश खानको सर्ट बलमा आसिफ आउट साइड एज लागेर विकेटकिपर जितेश शर्माबाट १० रनमा क्याच आउट भए । आसिफले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । डेब्यू खेलेका स्पिनर साई किशोरको बलमा स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आउट भएका थिए ।

त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतका यशस्वी जैसवालले ४९ ओभरमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 October 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने