नेपालले दोस्रो विकेट गुमायो

नेपालले दोस्रो विकेट गुमायो : Icon Khabar

हान्झाउ, असोज १६ । नेपालका ओपनर कुशल भुर्तेल एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल खेलमा भारतविरुद्ध आउट भएका छन् । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।

कुशल मल्ल १९ बलमा २ चौका र २ छक्कासहित २८ रनमा क्रिजमा छन् । नेपालका कुशल भुर्तेल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर आवेश खानको सर्ट बलमा आसिफ आउट साइड एज लागेर विकेटकिपर जितेश शर्माबाट १० रनमा क्याच आउट भए । आसिफले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । डेब्यू खेलेका स्पिनर साई किशोरको बलमा स्कुप खेल्ने धुनमा कुशल भुर्तेल क्याच आउट भएका थिए ।

त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतका यशस्वी जैसवालले ४९ ओभरमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

Published Date: 03 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु