भारतले दियो नेपाललाई २०३ रनको विशाल लक्ष्य

भारतले दियो नेपाललाई २०३ रनको विशाल लक्ष्य : Icon Khabar

हान्झाउ, असोज १६ । बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालको उत्कृष्ट शतकमा भारतले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल खेलमा नेपाललाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ ।

झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनायो । भारतका यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले ।

अन्तिम ओभरमा रिंकु सिंहले तीव्र गतिका बलर अभिनाश बोहरालाई दुई चौका र दुई छक्कासहित कुल २५ रन प्रहार गरेका थिए । रिंकु १५ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा नटआउट रहे । शिबम दुबे १९ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्रिजमा रहे ।

जैसवालको यो टि२० आई करिअरको पहिलो शतक हो । उनी टि२० आईमा भारतबाट कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् । जैसवालले २१ बवर्ष २ सय ७९ दिनमा शतक हानेका छन् । यसअघि शुभमन गिलले गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध २३ वर्ष १ सय ४६ दिनमा १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।

पहिलो विकेटका लागि जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भए ।

गायकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भएका थिए ।तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे । तिलक बर्माले १० बल खेलेका थिए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐेरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । रोहितले १९ औं ओभर बलिङ गरेका थिए । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अभिनाशले ४ ओभरमा ५३ रन खर्चिए ।

Published Date: 03 October 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक