भारतले दियो नेपाललाई २०३ रनको विशाल लक्ष्य

भारतले दियो नेपाललाई २०३ रनको विशाल लक्ष्य : Icon Khabar

हान्झाउ, असोज १६ । बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालको उत्कृष्ट शतकमा भारतले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल खेलमा नेपाललाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ ।

झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनायो । भारतका यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले ।

अन्तिम ओभरमा रिंकु सिंहले तीव्र गतिका बलर अभिनाश बोहरालाई दुई चौका र दुई छक्कासहित कुल २५ रन प्रहार गरेका थिए । रिंकु १५ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा नटआउट रहे । शिबम दुबे १९ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्रिजमा रहे ।

जैसवालको यो टि२० आई करिअरको पहिलो शतक हो । उनी टि२० आईमा भारतबाट कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् । जैसवालले २१ बवर्ष २ सय ७९ दिनमा शतक हानेका छन् । यसअघि शुभमन गिलले गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध २३ वर्ष १ सय ४६ दिनमा १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।

पहिलो विकेटका लागि जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भए ।

गायकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भएका थिए ।तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे । तिलक बर्माले १० बल खेलेका थिए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐेरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । रोहितले १९ औं ओभर बलिङ गरेका थिए । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अभिनाशले ४ ओभरमा ५३ रन खर्चिए ।

Published Date: 03 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता