‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’

‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’ : Icon Khabar

संयुक्त राष्ट्रसङ्घ, असोज ११ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताउएको छ ।

पाकिस्तानमा आएको बाढीबारे महासभामा जानकारी दिँदै उनले भने, “ विपत्ति वा डढेलो, आँधीबेहरी र खडेरीले यो परिमाणमा अन्यत्र तहसनहस पारेको छैन ।”

“कार्बन उत्सर्जनले पृथ्वीलाई तताइरहेको, मानिसहरूको ज्यान लिइरहेको, समुदाय र अर्थव्यवस्थालाई तहसनहस पारिरहेको छ । उनले भने, “केही देशहरूले उत्सर्जन कटौती गर्न नसक्ने दाबी गरेका छन् । सत्य के हो भने जलवायु परिवर्तनबाट हुने क्षतिलाई कसैले पनि एकल प्रयासमा धान्न सक्दैन ।”

महासचिव गुटेर्रेसले भने, “जीवाश्म इन्धन–आधारित ऊर्जा प्रणालीहरू राजनीतिक निर्णय हुन् । अनि ती निर्णयहरू परिवर्तन हुनैपर्छ ।”

गुटेर्रेसले दाता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई आफ्ना प्रतिबद्धता पूरा गर्न र पाकिस्तानका लागि आफूले वाचा गरेको रकम जतिसक्दो छिट्टै टेबुलमा जम्मा गर्न आग्रह गरेको छ । रासस/सिन्ह्वा

Published Date: 28 September 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु