‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’

‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’ : Icon Khabar

संयुक्त राष्ट्रसङ्घ, असोज ११ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताउएको छ ।

पाकिस्तानमा आएको बाढीबारे महासभामा जानकारी दिँदै उनले भने, “ विपत्ति वा डढेलो, आँधीबेहरी र खडेरीले यो परिमाणमा अन्यत्र तहसनहस पारेको छैन ।”

“कार्बन उत्सर्जनले पृथ्वीलाई तताइरहेको, मानिसहरूको ज्यान लिइरहेको, समुदाय र अर्थव्यवस्थालाई तहसनहस पारिरहेको छ । उनले भने, “केही देशहरूले उत्सर्जन कटौती गर्न नसक्ने दाबी गरेका छन् । सत्य के हो भने जलवायु परिवर्तनबाट हुने क्षतिलाई कसैले पनि एकल प्रयासमा धान्न सक्दैन ।”

महासचिव गुटेर्रेसले भने, “जीवाश्म इन्धन–आधारित ऊर्जा प्रणालीहरू राजनीतिक निर्णय हुन् । अनि ती निर्णयहरू परिवर्तन हुनैपर्छ ।”

गुटेर्रेसले दाता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई आफ्ना प्रतिबद्धता पूरा गर्न र पाकिस्तानका लागि आफूले वाचा गरेको रकम जतिसक्दो छिट्टै टेबुलमा जम्मा गर्न आग्रह गरेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 September 2023
Website | + posts




ताजा
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने