अझै सुरु हुन सकेन एमाले बागमती प्रदेश अधिवेशनको मतदान

अझै सुरु हुन सकेन एमाले बागमती प्रदेश अधिवेशनको मतदान : Icon Khabar

काठमाडौँ, असाेज ११ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । एमालेले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज (बिहीबार) बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न नसकेपछि मतदान कार्यक्रम अनिश्चित बनेको हो ।

यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिएका थिए । उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझ ४ बजेदेखि मतदान सुरु हुनसक्ने जनाइएको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो ।

अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकांक्षी देखिएका छन् । यस्तै उपाध्यक्ष, सचिव, उपसचिव लगायतका पदमा पनि धेरैको उम्मेदवारी परेको छ । अधिवेशनमा १,१७४ मतदाता छन् । प्रदेश अधिवेशनको मतदान विद्युतीय मेसिनमार्फत हुनेछ ।
Published Date: 28 September 2023