सुनको भाउमा तीन दिनमै प्रतितोला २६ सयको गिरावट

सुनको भाउमा तीन दिनमै प्रतितोला २६ सयको गिरावट : Icon Khabar

काठमाडौँ, असाेज ११ । बिहीबार सुनचाँदीको भाउमा गिरावट आएको छ । आज सुनको भाउ एक हजार चार सय रुपैयाँले र चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ मङ्गलबार प्रति तोला चार सय र बुधबार प्रति तोला आठ सयले घटेको थियो । यस सँगै तीन दिनमै सुनको भाउमा प्रतितोला २६ सय रुपैयाँको गिरावट भएको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि विगत तीन दिनमै प्रतितोला ६० रुपैयाँले घटिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने