सुनको भाउमा तीन दिनमै प्रतितोला २६ सयको गिरावट

सुनको भाउमा तीन दिनमै प्रतितोला २६ सयको गिरावट : Icon Khabar

काठमाडौँ, असाेज ११ । बिहीबार सुनचाँदीको भाउमा गिरावट आएको छ । आज सुनको भाउ एक हजार चार सय रुपैयाँले र चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ मङ्गलबार प्रति तोला चार सय र बुधबार प्रति तोला आठ सयले घटेको थियो । यस सँगै तीन दिनमै सुनको भाउमा प्रतितोला २६ सय रुपैयाँको गिरावट भएको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि विगत तीन दिनमै प्रतितोला ६० रुपैयाँले घटिसकेको छ ।

Published Date: 28 September 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु