गभर्नर अधिकारी र धितोपत्र बोर्ड अध्यक्ष हमालबीच भेटवार्ता

गभर्नर अधिकारी र धितोपत्र बोर्ड अध्यक्ष हमालबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, असोज ८ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ ।सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने चर्चा चलिरहेका बेला केन्द्रीय बैंकका गभर्नर र धितोपत्र बोर्डका अध्यक्ष बीच भेटवार्ता भएको हो।

अर्थमन्त्रीको आग्रहमा राष्ट्र बैंकका गभर्नरले १२ करोडको सीमा पुनरावलोकन गर्न लागेको खबर गत सातामात्रै सार्वजनिक भएको थियो । सोही परिपेक्ष्यमा गभर्नर महाप्रसाद अधिकारी र बोर्ड अध्यक्ष रमेशकुमार हमालबीच भएको भेटघाटलाई महत्वपूर्णरुपमा लिइएको छ । भेटमा बोर्ड अध्यक्ष हमालले १२ करोडको सीमाले सेयर बजारमा असर पारेको भन्दै हटाउन आग्रह गरेका थिए ।

यस्तै, सेयर बजारसँग सम्बन्धित अन्य नीति र विषयमा समेत कुराकानी भएको बोर्ड स्रोतको भनाई छ । सोमबार राष्ट्र बैंकमै पुगेर अध्यक्ष हमालले गभर्नर अधिकारीसँग भेटवार्ता गरेका हुन् । दुई नियामक निकायका प्रमुखबीच सेयर बजार सुधारका साथै भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी मार्केटको विकास लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ । यस्तै, पुँजी बजारसहित अर्थतन्त्रको समसामयिक विषयमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2023
Website | + posts