गभर्नर अधिकारी र धितोपत्र बोर्ड अध्यक्ष हमालबीच भेटवार्ता

गभर्नर अधिकारी र धितोपत्र बोर्ड अध्यक्ष हमालबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, असोज ८ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ ।सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने चर्चा चलिरहेका बेला केन्द्रीय बैंकका गभर्नर र धितोपत्र बोर्डका अध्यक्ष बीच भेटवार्ता भएको हो।

अर्थमन्त्रीको आग्रहमा राष्ट्र बैंकका गभर्नरले १२ करोडको सीमा पुनरावलोकन गर्न लागेको खबर गत सातामात्रै सार्वजनिक भएको थियो । सोही परिपेक्ष्यमा गभर्नर महाप्रसाद अधिकारी र बोर्ड अध्यक्ष रमेशकुमार हमालबीच भएको भेटघाटलाई महत्वपूर्णरुपमा लिइएको छ । भेटमा बोर्ड अध्यक्ष हमालले १२ करोडको सीमाले सेयर बजारमा असर पारेको भन्दै हटाउन आग्रह गरेका थिए ।

यस्तै, सेयर बजारसँग सम्बन्धित अन्य नीति र विषयमा समेत कुराकानी भएको बोर्ड स्रोतको भनाई छ । सोमबार राष्ट्र बैंकमै पुगेर अध्यक्ष हमालले गभर्नर अधिकारीसँग भेटवार्ता गरेका हुन् । दुई नियामक निकायका प्रमुखबीच सेयर बजार सुधारका साथै भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी मार्केटको विकास लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ । यस्तै, पुँजी बजारसहित अर्थतन्त्रको समसामयिक विषयमा पनि छलफल भएको थियो ।

Published Date: 25 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु