चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने प्रचार संवेदनशील छ: चिनियाँ प्रधानमन्त्री

चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने प्रचार संवेदनशील छ: चिनियाँ प्रधानमन्त्री : Icon Khabar

काठमाडौँ, असोज ९ । नेपालको भूमि आफूविरुद्ध प्रयोग हुन सक्ने भन्दै चीनले यो संवेदनशील विषय भएको बताएको छ । पछिल्लो समय चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने प्रचार भइरहेको उल्लेख गर्दै चीनले विगतजस्तै नेपाल असंलग्न नीतिमा दृढ रहने विश्वास व्यक्त गरेको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग एक्लाएक्लै र सामूहिक रूपमा भएका भेटवार्तामा चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने विषय उठेको हो ।

‘नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन सक्ने चर्चामा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले संवेदनशील भएको बताए,’ भ्रमण टोलीका एक अधिकारीले भने, ‘नेपालले विगतदेखि नै छिमेकी विरुद्ध भूमि प्रयोग गर्न नदिएको र आगामी दिनमा पनि व्यवहारबाटै त्यसको पुष्टि गर्ने प्रधानमन्त्रीले विश्वस्त पार्नुभयो ।’ प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच सोमबार करिब दुई घण्टा वार्ता भएको थियो ।

Published Date: 26 September 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु