चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने प्रचार संवेदनशील छ: चिनियाँ प्रधानमन्त्री

चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने प्रचार संवेदनशील छ: चिनियाँ प्रधानमन्त्री : Icon Khabar

काठमाडौँ, असोज ९ । नेपालको भूमि आफूविरुद्ध प्रयोग हुन सक्ने भन्दै चीनले यो संवेदनशील विषय भएको बताएको छ । पछिल्लो समय चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने प्रचार भइरहेको उल्लेख गर्दै चीनले विगतजस्तै नेपाल असंलग्न नीतिमा दृढ रहने विश्वास व्यक्त गरेको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग एक्लाएक्लै र सामूहिक रूपमा भएका भेटवार्तामा चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने विषय उठेको हो ।

‘नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन सक्ने चर्चामा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले संवेदनशील भएको बताए,’ भ्रमण टोलीका एक अधिकारीले भने, ‘नेपालले विगतदेखि नै छिमेकी विरुद्ध भूमि प्रयोग गर्न नदिएको र आगामी दिनमा पनि व्यवहारबाटै त्यसको पुष्टि गर्ने प्रधानमन्त्रीले विश्वस्त पार्नुभयो ।’ प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच सोमबार करिब दुई घण्टा वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने