आइतबार नेप्से परिसूचक १९.४२ अंकले घट्यो

आइतबार नेप्से परिसूचक १९.४२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असोज ७ । आइतबार नेप्से परिसूचक १९.४२ विन्दुले घटेर २०१०.३५ अंकमा आएको छ ।

३ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज २८५ कम्पनीको ९० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सन नेपाल लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2023
Website | + posts