वागीश्वरीमा नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

वागीश्वरीमा नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असोज ७ । वागीश्वरी माध्यमिक विद्यालय टेक्स कार्यक्रम अन्तर्गतको आयोजनामा डिप्लोमा तहका नव आगन्तुक विद्यार्थीहरुको आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा वागीश्वरी मा.वि. का विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रधानाध्यापक मोहनप्रसाद प्रजापतिले देशकै नमूना विद्यालयको रुपमा ख्याति प्राप्त वागीश्वरीका विद्यार्थीहरु इमान्दार र मेहनती रहेको तथ्यलाई निरन्तरता दिनु पर्ने बताए । उनले प्राविधिक शिक्षा नै देश विकासको एक मात्र माध्यम भएको बताए।

वागीश्वरी मा.वि. का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले नेपाल कै पहिलो इन्जिनियर भक्तपुरको रहेको र भक्तपुरबाट उत्पादित प्राविधिकहरु इमान्दार रहेको बताए।

टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, परीक्षा प्रमुख सुनिल खाईतु र प्रविण तजले पनि टेक्स कार्यक्रमको परीक्षा र अध्ययनबारे बोलेका थिए।

Published Date: 24 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु