प्राकृतिक सौन्दर्यको पर्याय नगरकोट र त्यहाँ अवस्थित बुद्ध शान्ति डाँडा (फोटो फिचर)

प्राकृतिक सौन्दर्यको पर्याय नगरकोट र त्यहाँ अवस्थित बुद्ध शान्ति डाँडा (फोटो फिचर) : Icon Khabar

भक्तपुर, असोज ७ । नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ ।

यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वकोसर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ ।

भक्तपुरको कमलविनायक खरिपाटि तेलकोट भएर केहि किलोमिटर नगरकोट जाने बाटोलाइ निरन्तरता दिदा पुग्न सकिने ठाउँको बुद्ध शान्ति डाँडा। नगरकोट घुम्न आउने पर्यटकहरु यस क्षेत्रको सुन्दरता महशुस गर्न एकपटक भने अवश्य पुग्छन्। नगरकोट पुग्ने मुख्य बाटोमै रहेको यस बुद्ध शान्ति डाँडा पुग्न केहि खुड्किलो भने चढ्नु पर्छ।

माथि पुगेपछि विशाल भगवान बुद्धको मुर्ति स्थापना भएको देख्न सकिन्छ जसले त्यहाँ पुग्ने हरेक व्यक्तिलाई शान्तिको आभास अवश्य गराउँछ।

 

Published Date: 24 September 2023




ताजा
भक्तपुरमा एक महिनामै १९४ मुद्दा दर्ता, बैंकिङ कसुर र लागूऔषध अपराध चिन्ताजनक
असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर, १३१ कम्पनीका सेयरमूल्यमा गिरावट
लियोनेल मेसीः विश्वकपका कीर्तिमानहरुमा हक जमाउँदै र थप पछ्याउँदै


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न