दैनिक मेकअप गर्न झन्झट लाग्छ, गर्नुहोस परमानेन्ट मेकअप

दैनिक मेकअप गर्न झन्झट लाग्छ, गर्नुहोस परमानेन्ट मेकअप : Icon Khabar

काठमाडौँ, असोज ७ । दैनिक मेकअप गर्न झन्झट लाग्छ ? कहिलेकाहीँ मनमा मेकअप गर्नै नपरे हुन्थ्यो वा एकपटक गरेपछि सधै यस्तै रहोस् भन्ने चाहना छ ? यदि यस्तै सोच्नुहुन्छ भने अब ढुक्क हुनुहोस् ।

एकपटक मेकअप गरिसकेपछि दैनिक मेकअप गर्नुपर्ने झन्झट हुँदैन । पछिल्लो समय परमानेन्ट मेकअप ट्रेण्डमा छ ।

के हो परमानेन्ट मेकअप ?
परमानेन्ट मेकअप भनेको मेकअप जस्तै देखिने डिजाइनको रचना गर्नु हो । जसमा सुईको सहायताले पिगमेन्ट डिपोजिट गरिन्छ । जुन छालाको बाहिरी लेयरमा गरिन्छ । यसमा प्रयोग हुने पिगमेन्ट (मसी) प्रमाणित र शत प्रतिशत सुरक्षित हुन्छ । त्यसैले यसको साइड इफेक्ट हुँदैन । दुईदेखि चार दिनपछि अझ गाढा हुँदै जान्छ । पूरै रंग आउनलाई १५ देखि २० दिन पर्खनुपर्छ ।

परमानेन्ट मेकअप गर्दा दुख्छ ?
धेरैलाई परमानेन्ट मेकअप गर्दा सुईको प्रयोग गरिने भएकाले दुख्छ भन्ने लाग्छ । तर सहनै नसक्ने गरी दुख्दैन । राउन्ड न्यानो निडलको प्रयोग गरिने भएकाले बीबी ग्लो गर्दा पटक्कै दुख्दैन । यसका ९६ वटा स–साना सुईहरू हुन्छन् जसले गर्दा पे्रसर एरिया धेरै हुन्छ र दुखाइ हुँदैन । आइब्रो र आइलाइनर गर्दा हल्का कसैकसैलाई दुखाइको अनुभव हुन सक्छ ।

ओठ संवेदनशील हुने भएकाले हल्का दुखाइ हुन्छ । परमानेन्ट मेकअप ट्याटुभन्दा फरक हुन्छ । त्यसैले ट्याटु हान्दा जस्तो दुखाइ भने हुँदैन । बीबी ग्लोदेखि बाहेक मेकअप सुरु गर्दा नमिङ क्रिम एप्लाई गरेर सुरु गरिन्छ र मेकअपको दौरान पनि एन्टी इम्प्लामेटरी लिक्विड लगाउँदै गरिने भएकाले सहनै नसक्ने दुखाइ भने हुँदैन ।

कति सुरक्षित ?
मेकअपका दौरान प्रयोग हुने सुई सुरक्षित छ । सबै सामग्री जीवाणुरहित बनाइएका प्रयोग गरिन्छ । सरसफाइमा पूर्णरूपमा ध्यान दिइन्छ । हातमा पञ्जा लगाएर, सेनिटाइजरको प्रयोग गरिन्छ । सेवाग्राही मधुमेहका रोगी भएमा गर्न मिल्दैन । त्यस्तै अन्य कुनै गम्भीर रोग लागेको भए चिकित्सकको परामर्शविना गरिँदैन । अरु कुनै संक्रमण हुने डर पनि हुँदैन ।

परमानेन्ट आइब्रो र त्यसका प्रकार
परमानेन्ट आइब्रो तीन प्रकारका हुन्छन् । माइक्रो सेडिङ, माइक्रो ब्लेडिङ र कम्बिनेसन आइब्रो । माइक्रो सेडिङमा आइब्रोलाई पेन्सिलले कोरेजस्तो देखाउने विधि हो । माइक्रो ब्लेडिङ हेयर स्ट्रोक गर्ने विधि हो भने कम्बिनेसन आइब्रो भनेको यी दुईवटा विधि एकैपटक गरिने विधि हो ।

परमानेन्ट आइब्रो कसले गर्ने ?
जो एकदमै व्यस्त भएर आइब्रो बनाउने फुर्सद हु“दैन उनीहरूले गर्न सक्छन् । जसको आइब्रो एकदमै पातलो छ, रौं कम छन् भने उनीहरूका लागि एकदमै उपयुक्त हुन्छ । कसैकसैलाई उमेर बढ्दै जा“दा आइब्रो कोर्न गाह्रो हुन्छ, जसलाई आइब्रो सेप मिलाउन आउँदैन, कस्मेटिक एलर्जी हुन्छ उनीहरूलाई उपयुक्त हुन्छ ।

परमानेन्ट आइब्रोपछिको हेरचाह
परमानेन्ट आइब्रो गरिसकेपछि ४८ घण्टासम्म पानी पार्नुहुँदैन । अनुहार धुँदा अलि बढी नै सावधानी अपनाउनुपर्छ । ७२ घण्टासम्म त्यस भागमा माथिबाट मेकअप गर्नुहु“दैन र आइब्रोको भागवरिपरि मोस्चर राख्नुपर्छ । स्टुडियोबाट दिएको एन्टिबायोटिक दिनमा दुई पटक सफा हातले अप्लाई गर्नुपर्छ । यसले संक्रमण हुने डर हुँदैन ।

परमानेन्ट मेकअप गर्नेबित्तिकै छाला संवेदनशील छ भने त्यो भागमा रातो हुने, सुन्निने सम्भावना हुन्छ । परमानेन्ट मेकअप गर्दा सुईको प्रयोग गरिएको हुनाले तीन–चार दिनपछि त्यस भागमा घाउको जस्तो पाप्रा निस्केजस्तो देखिन थाल्छ । त्यस समयमा हल्का चिलाउने हुन्छ । चिलाएको बेला कोट्याउने, कन्हाउने गर्नुहुँदैन । स्टुडियोबाट दिएको औषधि नियमित लगाएमा सात दिनभित्र आफै हराएर जान्छ ।

परमानेन्ट मेकअपको फाइदा
दैनिक मेकअप गर्ने झन्झटबाट मुक्त भइन्छ । बीबी ग्लो, आइब्रो, आइलाइनर र लिपिस्टिक एकैपटक गर्दा कतै निस्कन परे अनुहारमा मोस्चराइजर र सनस्क्रिन क्रिम मात्र लगाए हुन्छ । परमानेन्ट मेकअप गर्न धेरै समय लाग्दैन । एक घण्टामै आइब्रो बनाउन सकिन्छ । अन्य मेकअपका लागि पनि एक घण्टा मात्रै लाग्छ ।

आइब्रो र लिपिस्टिकका लागि दुईवटाको सेसन गर्नुपर्छ । एकपटक मेकअप गरेपछि दुई वर्षसम्म ढुक्क हुन्छ । दुई वर्षपछि फिका हुँदै जान्छ । किनभने यो ट्याटुजस्तो गहिराइमा नजाने भएकाले फिका हुन्छ । छालाअनुसार कसैको चाँडै फिका हुन्छ भने कसैको धेरै समयसम्म बस्छ । कम्तीमा एक वर्षको ग्यापमा फेरि टचअप गर्नुपर्छ ।

परमानेन्ट मेकअप आइब्रो, लिपिस्टिक, आइलाइनर र बीबी ग्लो गरिन्छ । परमानेन्ट मेकअप गर्दा दक्ष आर्टिस्टबाट गराउनुपर्छ । किनभने एकपटक बिग्रिएपछि यसलाई मेट्ने भनेको लेजर थेरापी मात्र हो ।

Published Date: 24 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु