अमेजनद्वारा आफ्नो भिडिओ स्ट्रमिङ प्लेटफर्म प्राइम भिडिओमा विज्ञापन देखाउने घोषणा

अमेजनद्वारा आफ्नो भिडिओ स्ट्रमिङ प्लेटफर्म प्राइम भिडिओमा विज्ञापन देखाउने घोषणा : Icon Khabar

काठमाडौं, असोज ७ । गत वर्ष नेटफ्लिक्स र डिज्नी प्लसले विज्ञापन सहितको योजना सार्वजनिक गरेपछि अमेजनले पनि सोही बाटो पच्छ्याउने भएको छ । कम्पनीले आउँदो वर्षदेखि आफ्नो भिडिओ स्ट्रमिङ प्लेटफर्म प्राइम भिडिओमा विज्ञापन देखाउने घोषणा गरेको हो । ​

सुरुवाती चरणमा कम्पनीले अमेरिका, बेलायत, जर्मनी र क्यानडाबाट २०२४ को सुरुवातसँगै विज्ञापन सुरु गर्ने बताएको छ । त्यस्तै फ्रान्स, इटाली, स्पेन र मेक्सिकोमा प्राइम भिडिओ प्रयोगकर्ताहरूले भने वर्षको अन्त्यतिरबाट विज्ञापनसहितको प्याकेज पाउनेछन् ।

यसरी प्लेटफर्ममा विज्ञापन देखाउँदा प्रति घण्टा चार मिनेटलाई एउटा सीमा बनाउने र सकेसम्म कम विज्ञापन देखाउने कम्पनीले बताएको छ ।

गएको मे महिनामा अमेजनले अमेरिकामा फायर टिभी डिभाइसहरूमा नि:शुल्क र विज्ञापन (फास्ट) आउने योजना सुरु गरेको थियो । त्यस्तै गत अगस्टमा कम्पनीले ४०० फास्ट च्यानलमा पहुँच भएको नयाँ फायर टिभी च्यानल एप समेत ल्याएको थियो ।

तर पछिल्लो केही वर्षदेखि अमेजनले आफ्ना विभिन्न प्याकेजको शुल्क बढाउँदै आएको छ । गत वर्ष मात्रै कम्पनीले वार्षिक शुल्क ११९ डलरबाट बढाएर १३९ पुर्‍याएको थियो ।

त्यस्तै यस वर्ष अमेजन म्युजिक प्लानहरूमा समेत शुल्क बढाइएको छ ।

Published Date: 24 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग