अमेजनद्वारा आफ्नो भिडिओ स्ट्रमिङ प्लेटफर्म प्राइम भिडिओमा विज्ञापन देखाउने घोषणा

अमेजनद्वारा आफ्नो भिडिओ स्ट्रमिङ प्लेटफर्म प्राइम भिडिओमा विज्ञापन देखाउने घोषणा : Icon Khabar

काठमाडौं, असोज ७ । गत वर्ष नेटफ्लिक्स र डिज्नी प्लसले विज्ञापन सहितको योजना सार्वजनिक गरेपछि अमेजनले पनि सोही बाटो पच्छ्याउने भएको छ । कम्पनीले आउँदो वर्षदेखि आफ्नो भिडिओ स्ट्रमिङ प्लेटफर्म प्राइम भिडिओमा विज्ञापन देखाउने घोषणा गरेको हो । ​

सुरुवाती चरणमा कम्पनीले अमेरिका, बेलायत, जर्मनी र क्यानडाबाट २०२४ को सुरुवातसँगै विज्ञापन सुरु गर्ने बताएको छ । त्यस्तै फ्रान्स, इटाली, स्पेन र मेक्सिकोमा प्राइम भिडिओ प्रयोगकर्ताहरूले भने वर्षको अन्त्यतिरबाट विज्ञापनसहितको प्याकेज पाउनेछन् ।

यसरी प्लेटफर्ममा विज्ञापन देखाउँदा प्रति घण्टा चार मिनेटलाई एउटा सीमा बनाउने र सकेसम्म कम विज्ञापन देखाउने कम्पनीले बताएको छ ।

गएको मे महिनामा अमेजनले अमेरिकामा फायर टिभी डिभाइसहरूमा नि:शुल्क र विज्ञापन (फास्ट) आउने योजना सुरु गरेको थियो । त्यस्तै गत अगस्टमा कम्पनीले ४०० फास्ट च्यानलमा पहुँच भएको नयाँ फायर टिभी च्यानल एप समेत ल्याएको थियो ।

तर पछिल्लो केही वर्षदेखि अमेजनले आफ्ना विभिन्न प्याकेजको शुल्क बढाउँदै आएको छ । गत वर्ष मात्रै कम्पनीले वार्षिक शुल्क ११९ डलरबाट बढाएर १३९ पुर्‍याएको थियो ।

त्यस्तै यस वर्ष अमेजन म्युजिक प्लानहरूमा समेत शुल्क बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2023
Website | + posts