तीन बैंकले दसैंअघि नै लाभांश बैंक खातामा पठाउने

तीन बैंकले दसैंअघि नै लाभांश बैंक खातामा पठाउने : Icon Khabar

काठमाडौँ, असोज ७ । तीन बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा बैंक खातामा पठाउने भएका छन् । माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा पठाउने भएका हुन् ।

माछापुच्छ्रे बैंकले असोज १८ गते लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको छ । आजसम्म बैंकको शेयर खरिद गर्नेले मात्र उक्त लाभांश पाउने गरी बुक क्लोज गरेको छ ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई नगद लाभांश दिन असोज २६ गते साधारणसभा बोलाएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगदा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै, अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरको एनआइसी एशिया बैंकले असोज २८ गते साधारणसभा बोलाएको छ ।

एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस वर्षको दसैंको टिका कात्तिक ७ गते परेको छ । त्यसअघि नै तीन बैंकले वार्षिक साधारणसभा गरेर दक्षिणा स्वरुप लगानीकर्तालाई नगद र बोनस लाभांश वितरण गर्ने तयारी गरेका छन् ।

Published Date: 24 September 2023




ताजा
भक्तपुरमा एक महिनामै १९४ मुद्दा दर्ता, बैंकिङ कसुर र लागूऔषध अपराध चिन्ताजनक
असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर, १३१ कम्पनीका सेयरमूल्यमा गिरावट
लियोनेल मेसीः विश्वकपका कीर्तिमानहरुमा हक जमाउँदै र थप पछ्याउँदै


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न