प्रधानमन्त्री दाहाल आज बेइजिङ पुगे, भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज हुने

प्रधानमन्त्री दाहाल आज बेइजिङ पुगे, भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज हुने : Icon Khabar

बेइजिङ, असोज ७ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन्। चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ गएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ पुगेका हुन्।

प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् ।

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनुहुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना हुनेछ।

Published Date: 24 September 2023




ताजा
भक्तपुरमा एक महिनामै १९४ मुद्दा दर्ता, बैंकिङ कसुर र लागूऔषध अपराध चिन्ताजनक
असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर, १३१ कम्पनीका सेयरमूल्यमा गिरावट
लियोनेल मेसीः विश्वकपका कीर्तिमानहरुमा हक जमाउँदै र थप पछ्याउँदै


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न