दशैँ तिहारका लागि लक्षित गरी अग्रिम टिकट खुलाउनेबारे अझै टुङ्गो लागेन

दशैँ तिहारका लागि लक्षित गरी अग्रिम टिकट खुलाउनेबारे अझै टुङ्गो लागेन : Icon Khabar

काठमाडौं, असोज ७ । दशैँ तिहारका लागि लक्षित गरी अग्रिम टिकट खुलाउनेबारे अझै टुङ्गो लागेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकट खुलाउन अघि अस्तव्यस्त सडकको समस्या समाधान नभएकाले टुङ्गो लगाउन नसकिएको बताउनुभयो । उनले भने अब केही दिनमै बुकिङको काम अघि बढ्छ ।

असोज ५ गते बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकरावालाबीच छलफल भई सकेको छ ।

त्यस बैठकले चाडबाड लक्षित सबै समस्याको निकास निकाल्न यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा एक समिति गठन भएको उनले बताए । सिटौलाले भने, “अस्ति कुराकानी भएको छ ।

सरोकारवाला निकायलाई बोलाएर प्रतिवेदन तयार गर्ने । देशभरिको बाटो अस्तव्यस्त छ”, बाढीपहिरो, प्राकृतिक प्रकोप आदिका कारण सडक अस्तव्यस्त बन्न पुगेको उनको भनाइ छ ।

उनले सो समितिको बैठक एक, दुई दिनमा बस्ने जानकारी दिए । उनले भने, “मुग्लिन, पोखरा, नारायणघाट, बुटवल । उता समाखुशीबाट नुवाकोटमा ठूलो चुनौती छ । अरनिको क्षेत्र, बिपी राजमार्ग, पूर्वतिर वर्षा आदि लगायतका कारण मुखैको बाटोमा समस्या छ । त्यो समस्यामा निकास निकाल्न समिति बनेको छ । बैठक भोलि, पर्सिबाट सुरु हुन्छ ।”

उनले अग्रिम टिकटसँगै यातायात व्यवसायीका समस्या, यात्रु, ट्राफिक पुलिस सबै क्षेत्रको समस्यामाथि समितिले टुङ्गो लगाउने जानकारी दिए। ।

Published Date: 24 September 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु