दशैँ तिहारका लागि लक्षित गरी अग्रिम टिकट खुलाउनेबारे अझै टुङ्गो लागेन

दशैँ तिहारका लागि लक्षित गरी अग्रिम टिकट खुलाउनेबारे अझै टुङ्गो लागेन : Icon Khabar

काठमाडौं, असोज ७ । दशैँ तिहारका लागि लक्षित गरी अग्रिम टिकट खुलाउनेबारे अझै टुङ्गो लागेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकट खुलाउन अघि अस्तव्यस्त सडकको समस्या समाधान नभएकाले टुङ्गो लगाउन नसकिएको बताउनुभयो । उनले भने अब केही दिनमै बुकिङको काम अघि बढ्छ ।

असोज ५ गते बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकरावालाबीच छलफल भई सकेको छ ।

त्यस बैठकले चाडबाड लक्षित सबै समस्याको निकास निकाल्न यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा एक समिति गठन भएको उनले बताए । सिटौलाले भने, “अस्ति कुराकानी भएको छ ।

सरोकारवाला निकायलाई बोलाएर प्रतिवेदन तयार गर्ने । देशभरिको बाटो अस्तव्यस्त छ”, बाढीपहिरो, प्राकृतिक प्रकोप आदिका कारण सडक अस्तव्यस्त बन्न पुगेको उनको भनाइ छ ।

उनले सो समितिको बैठक एक, दुई दिनमा बस्ने जानकारी दिए । उनले भने, “मुग्लिन, पोखरा, नारायणघाट, बुटवल । उता समाखुशीबाट नुवाकोटमा ठूलो चुनौती छ । अरनिको क्षेत्र, बिपी राजमार्ग, पूर्वतिर वर्षा आदि लगायतका कारण मुखैको बाटोमा समस्या छ । त्यो समस्यामा निकास निकाल्न समिति बनेको छ । बैठक भोलि, पर्सिबाट सुरु हुन्छ ।”

उनले अग्रिम टिकटसँगै यातायात व्यवसायीका समस्या, यात्रु, ट्राफिक पुलिस सबै क्षेत्रको समस्यामाथि समितिले टुङ्गो लगाउने जानकारी दिए। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न