कट्रिनालाई कस्तो भूमिकामा देख्न चाहन्छन् विक्की कौशल ?

कट्रिनालाई कस्तो भूमिकामा देख्न चाहन्छन् विक्की कौशल ? : Icon Khabar

मुम्बई, असोज ५ । अभिनेत्री कट्रिना कैफ तथा अभिनेता विक्की कौशल बलिउडमा सबैभन्दा चर्चित जोडिमध्येको एक हो ।

यो जोडिले प्रायः एक–अर्कासंगका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । विक्कीले भखर्रै एउटा अन्तर्वार्ताको क्रममा क्रममा श्रीमती कट्रिनासंग अहिले स्क्रीन शेयर किन नगरेको ? भन्ने बारेमा खुलेर कुरा गरेका छन् ।

विक्की भन्छन् – ‘मलाई थाहा छ, फ्यानहरु म र कट्रिनालाई एकसाथ पर्दामा हेर्न चाहन्छन् । हामीले अहिलेसम्म एक साथ फिल्ममा काम गरेका छैनौँ । हामी आफैँ पनि एकसाथ काम गर्नका लागि प्राजेक्टको खोजिमा छौँ । तर हामीसंगै काम गर्ने भन्दैमा जे पायो त्यहि साइन गर्न पनि मिल्दैन नि । हामी केवल त्यो प्रोजेक्ट साइन गछौँ, जुन हामीलाई राम्रो लाग्छ र हामी जसको प्रतिक्षा गरिरहेका छौँ ।’

कट्रिनासंग कस्तो प्रकारको फिल्म साइन गर्न चाहनु हुन्छ ? भन्ने प्रश्नको जवाफमा विक्की भन्छन् – ‘म सधैँ भन्छु, यदि हामी दुबैले कुनै फिल्ममा काम गर्यौँ भने त्यसको पात्र यस्तो हुनु पर्छ, जसमा म एउटा शान्त व्यक्ति रहौँ र कट्रिना पतर–पतर बोल्ने चरित्रमा हुन् । हामी एकसाथ रहने जस्तो भूमिका भएको फिल्ममा काम गर्न चाहन्छौ ।त्यसैले हामी आफूहरुबीच तालमेल मिल्ने किसिमको प्रोजेक्ट गर्न चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट