कट्रिनालाई कस्तो भूमिकामा देख्न चाहन्छन् विक्की कौशल ?

कट्रिनालाई कस्तो भूमिकामा देख्न चाहन्छन् विक्की कौशल ? : Icon Khabar

मुम्बई, असोज ५ । अभिनेत्री कट्रिना कैफ तथा अभिनेता विक्की कौशल बलिउडमा सबैभन्दा चर्चित जोडिमध्येको एक हो ।

यो जोडिले प्रायः एक–अर्कासंगका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । विक्कीले भखर्रै एउटा अन्तर्वार्ताको क्रममा क्रममा श्रीमती कट्रिनासंग अहिले स्क्रीन शेयर किन नगरेको ? भन्ने बारेमा खुलेर कुरा गरेका छन् ।

विक्की भन्छन् – ‘मलाई थाहा छ, फ्यानहरु म र कट्रिनालाई एकसाथ पर्दामा हेर्न चाहन्छन् । हामीले अहिलेसम्म एक साथ फिल्ममा काम गरेका छैनौँ । हामी आफैँ पनि एकसाथ काम गर्नका लागि प्राजेक्टको खोजिमा छौँ । तर हामीसंगै काम गर्ने भन्दैमा जे पायो त्यहि साइन गर्न पनि मिल्दैन नि । हामी केवल त्यो प्रोजेक्ट साइन गछौँ, जुन हामीलाई राम्रो लाग्छ र हामी जसको प्रतिक्षा गरिरहेका छौँ ।’

कट्रिनासंग कस्तो प्रकारको फिल्म साइन गर्न चाहनु हुन्छ ? भन्ने प्रश्नको जवाफमा विक्की भन्छन् – ‘म सधैँ भन्छु, यदि हामी दुबैले कुनै फिल्ममा काम गर्यौँ भने त्यसको पात्र यस्तो हुनु पर्छ, जसमा म एउटा शान्त व्यक्ति रहौँ र कट्रिना पतर–पतर बोल्ने चरित्रमा हुन् । हामी एकसाथ रहने जस्तो भूमिका भएको फिल्ममा काम गर्न चाहन्छौ ।त्यसैले हामी आफूहरुबीच तालमेल मिल्ने किसिमको प्रोजेक्ट गर्न चाहन्छौँ ।’

Published Date: 22 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी