राष्ट्र बैंकद्वारा दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाइयो

राष्ट्र बैंकद्वारा दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाइयो : Icon Khabar

काठमाडौं, असोज ५ । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ ।

राष्ट्र बैंकको यो पछिल्लो निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजीमात्र सुन आयात हुँदै आएको थियो ।

‘सरकारको सिफारिसमा बजारमा सुनको आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको हो राष्ट्र बैंक स्रोतले पुष्टि गरेको छ । यद्यपि, औपचारिक रुपमा यो निर्णय लागू हुन बाँकी छ । राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र गरिसकेको छैन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो ।वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउनेमा २२ फागुन २०७८ मा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो ।

कोभिड–१९ को संक्रमण फैलिएपछि बढेको आयात र रसिया–युक्रेन युद्धपछि बढेको उपभोग्य वस्तुको मूल्यले आयातमा परेको थप दवावपछि बाह्य क्षेत्रमा समस्या देखिने अवस्था आउँदा सरकारले सुन आयातको दैनिक कोटा घटाएको थियो ।

यद्यपि, अहिले बाह्य क्षेत्र स्थिर बन्दै गएको र सरकारलाई पनि आयात संकुचन हुँदा राजस्वमा दवाव बढ्दै गएपछि सुन आयातको सीमा बढाउने निर्णय गर्दै कार्यान्वयनका लागि राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट