रुसले लगायो डिजेल र पेट्रोलको निर्यातमा प्रतिबन्ध

रुसले लगायो डिजेल र पेट्रोलको निर्यातमा प्रतिबन्ध : Icon Khabar

काठमाडौं, असोज ५ । रुसले डिजेल र पेट्रोलको निर्यातमा प्रतिबन्ध लगाएको छ । रुसाले निर्यात प्रतिबन्ध लगाएपछि बिहीबार घटेको कच्चा तेलको भाउ शुक्रबार फेरि बढ्न सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड शुक्रबार प्रतिब्यारेल करिब ९४ डलर आसपासमा कारोबार भइरहेको छ ।रुसले बिहीबार तेल निर्यातमा प्रतिबन्ध लगाएको घोषणा गर्ने बित्तिकै युरोपमा डिजेलको भाउ करिब ५% ले बढेर प्रतिटन १ हजार १० डलर पुगेको छ ।

रुस विश्वको सबैभन्दा ठूलो डिजेल आपूर्तिकर्ता हो भने कच्चा तेलको प्रमुख उत्पादक राष्ट्र हो । पछिल्लो समय कच्चा तेलको भाउ निरन्तरजसो बढिरहेको समयमा निर्यात प्रतिबन्ध लगाएपछि रुसले तेललाई हतियार बनाउँदै पश्शिचमा आर्थिक प्रतिबन्धहरुको बदला लिएको विश्लेषकहरुले बताएका छन् ।

रुसले भने आन्तरिक बजारलाई स्थिर बनाउन भन्दै बेलारुस, अर्मेनिया, काजाकिस्तान र किर्गिस्तान बाहेक अन्य राष्ट्रहरुमा अस्थायीरुपमा पेट्रोल र डिजेल निर्यात रोकेको हो । रुसले हालैका महिनाहरुमा पेट्रोल र डिजेलको अभाव भोरिरहेको छ ।

यस्तै, आन्तरिक बजारमा थोक इन्धनको मूल्य बढेको पनि रोयटर्सले उल्लेख गरेको छ । रुसले साउदी अरेबियासँग मिलेर तेल उत्पादन कटौती गर्दै आएको छ । उत्पादन कटौतीका कारण गत जुनयता कच्चा तेलको भाउ ३०% ले बढिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2023
Website | + posts




ताजा
जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट संचालनमा आउने
चीनद्वारा अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, एक जनाको मृत्यु
बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका