३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो

३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो : Icon Khabar

काठमाडौं, असोज १ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, माग पुरा गर्ने आश्वासन दिएपछि, चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालको लागि फिर्ता लिएको छ । विगत ३८ औँ दिनदेखि १४ सूत्रीय माग राखेर २५ वटा संस्थागत समर्थनमा  आन्दोलन गरिरहेको सङ्घर्ष समितिले स्वास्थ्य मन्त्रीको आग्रहमा आन्दोलनका सम्पूर्ण कार्यक्रम  तत्कालका लागि फिर्ता लिएको हो ।

स्वास्थ्य मन्त्री बस्नेतले आफैँ गएर माइतीघरमा अनशनरत आन्दोलनकारीलाई अनशन तोडाएका छन् । अनशन तोड्ने क्रममा मन्त्री बस्नेतले चिकित्सा क्षेत्रको समस्या समाधानको लागि शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै पनि सक्रिय भएको भन्दै समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गरे ।

‘यो समस्या समाधान गर्ने विषयमा सरकार लागि नै सकेको अवस्था भएको हुनाले यो कारबाहीको अवस्थामा नै अगाडि बढिसकेको छ त्यस कारणले तपाईँहरू अब धर्ना नै बस्न नपर्ने गरी समस्या समाधान हुन्छ,’ उनले भने ‘जति गर्न पर्ने हो, के के कारणले कमी कमजोरी देखिएको हो त्यसलाई सुधार गर्न र समग्र रूपमा नेपालमा डाक्टर र नर्सहरूको उत्पादन बढाउनका लागि स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै यसमा सक्रिय भएको हुनाले यो समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गर्दछु ।’

उनले यस क्षेत्रमा भएका राम्रा कुरालाई आत्मसाथ गर्ने र कमी भएको कुराहरूलाई सुधार गर्दै जानुपर्ने भन्दै यस्तो नगरे पाँच वर्षपछि देशमा डाक्टर र नर्सहरू पाउन गाह्रो हुने बताए । उनले प्रधानमन्त्रीले अमेरिकादेखि चीनसम्म आफ्नो कुरा राख्नुपर्ने समयमा यसरी धर्ना गर्नु राम्रो नभएको भन्दै प्रधानमन्त्री फर्किएपछि स्वास्थ्य समस्या समाधान गर्ने हिसाबले अगाडि बढ्ने बताए ।

Published Date: 18 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु