३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो

३८ दिनदेखि जारी चिकित्सा शिक्षा सङ्घर्ष समितिको अनशन तोडियो : Icon Khabar

काठमाडौं, असोज १ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, माग पुरा गर्ने आश्वासन दिएपछि, चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालको लागि फिर्ता लिएको छ । विगत ३८ औँ दिनदेखि १४ सूत्रीय माग राखेर २५ वटा संस्थागत समर्थनमा  आन्दोलन गरिरहेको सङ्घर्ष समितिले स्वास्थ्य मन्त्रीको आग्रहमा आन्दोलनका सम्पूर्ण कार्यक्रम  तत्कालका लागि फिर्ता लिएको हो ।

स्वास्थ्य मन्त्री बस्नेतले आफैँ गएर माइतीघरमा अनशनरत आन्दोलनकारीलाई अनशन तोडाएका छन् । अनशन तोड्ने क्रममा मन्त्री बस्नेतले चिकित्सा क्षेत्रको समस्या समाधानको लागि शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै पनि सक्रिय भएको भन्दै समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गरे ।

‘यो समस्या समाधान गर्ने विषयमा सरकार लागि नै सकेको अवस्था भएको हुनाले यो कारबाहीको अवस्थामा नै अगाडि बढिसकेको छ त्यस कारणले तपाईँहरू अब धर्ना नै बस्न नपर्ने गरी समस्या समाधान हुन्छ,’ उनले भने ‘जति गर्न पर्ने हो, के के कारणले कमी कमजोरी देखिएको हो त्यसलाई सुधार गर्न र समग्र रूपमा नेपालमा डाक्टर र नर्सहरूको उत्पादन बढाउनका लागि स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै यसमा सक्रिय भएको हुनाले यो समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गर्दछु ।’

उनले यस क्षेत्रमा भएका राम्रा कुरालाई आत्मसाथ गर्ने र कमी भएको कुराहरूलाई सुधार गर्दै जानुपर्ने भन्दै यस्तो नगरे पाँच वर्षपछि देशमा डाक्टर र नर्सहरू पाउन गाह्रो हुने बताए । उनले प्रधानमन्त्रीले अमेरिकादेखि चीनसम्म आफ्नो कुरा राख्नुपर्ने समयमा यसरी धर्ना गर्नु राम्रो नभएको भन्दै प्रधानमन्त्री फर्किएपछि स्वास्थ्य समस्या समाधान गर्ने हिसाबले अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2023
Website | + posts