डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धाकालागि दीपक लामा बेल्जियम जाने

डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धाकालागि दीपक  लामा बेल्जियम जाने : Icon Khabar

काठमाडौं, असोज १ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामा डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन् । दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दीपक लामालाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिबृद्धि गर्न हौसला बढाउदै एक कार्यक्रमबीच बिदाइ गरेको थियो ।

Published Date: 18 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु