“सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !”अफरको साथमा सामसङले बढाउँदैछ खुशीयालीे दशैं २०८०

“सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !”अफरको साथमा सामसङले बढाउँदैछ खुशीयालीे दशैं २०८० : Icon Khabar

काठमाडौं, असोज १ ।  हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना विश्वासिला ग्राहकहरुको लागि एक उत्साह जनक ग्राहक प्रवद्र्धन योजना “सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!” शुरु गर्ने भएको छ । दशैंको उल्लासमय माहोलबीच सामसङ नेपालले एक अविश्वसनीय उपभोक्ता प्रवद्र्धन योजनाको साथमा रम्न रमाउन तम्तयार हुनु भन्दै यो अफर ल्याएको हो । जब ग्राहकले कुनै पनि सामसङ मोबाइलवा ट्याब्लेट खरिद गरेमा उसले त्यो उपकरण मात्र होइन, हरेक दिन उपहार स्वरुप रु.२,३३,९००/- मूल्य बराबरको टिभिएस एनटर्क १२५ सिसि जित्ने अवसर पनि पाउने छ । ।

“सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!” शिर्षकले भने जस्तै,योवर्ष सामसङ नेपालले हरेक दिन उपहारमा एउटा टिभिएस एनटर्क १२५ सिसि प्रदान गर्नेछ, जस अनुसार जम्मा २५ दिनमा २५ जना विजेताहरुले उक्त उपहार प्राप्त गर्ने छन् । यस योजना अन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जो कोही ग्राहक यस योजनामा सहभागी बन्न सक्ने र शनिबार बाहेक हरेक दिन एक टिभिएस एनटर्क १२५ सिसिको भाग्यशाली विजेता बन्न सक्ने छन् । शनिबार यो योजना नभए पनि शनिबारको दिन प्रवद्र्धन योजनामा सहभागी हुने ग्राहकहरुको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिने जनाएको छ ।

योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिनेछ । यो योजना २०८० असोज ५ गते शुरु भई २०८० कार्तिक ३ गतेसम्म कायम रहनेछ ।

साथै ग्राहकहरुले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्ने छन् । असोज २ देखि असोज ५ सम्म प्राप्त भएका ईन्ट्रीहरुलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ । लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिकअफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिन समेत जनाएको छ ।

टिभिएस एनटर्क  जित्न सहभागी हुने प्रक्रियाहरू।

१. सामसङ स्मार्टफोन वा ट्याब्लेट किन्ने।

२. नयाँ उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#06# डायल गर्ने।

३. SAMSUNG<space>सिरियल नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्ने। उदाहरणका लागि SAMSUNG XXXXXXXXXXX

इन्ट्रीको पुष्टि तुरून्तै पाइनेछ। विजयी सिरियल नम्बरको घोषणा इमेज च्यानलमार्फत गरिने लाइभ लक्की ड्रमा गरिनेछ। उक्त परिणाम भोलपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिनेछ।

यसबाहेक सामसङको अर्को अफर पनि छ।

सामसङ स्मार्टफोन वा ट्याब्लेट ‘सुविधाजनक इन्स्टा फाइनान्स सुविधा’ अन्तर्गत मासिक किस्तामा शून्य प्रतिशत ब्याजदरमा किन्न सकिनेछ।

देशभरका तीन सयभन्दा बढी सामसङ इन्स्टा फाइनान्स सुविधा रहेका पसलहरूका साथै २२ वटा ‘सामसङ एक्सपिरिएन्स स्टोर’ हरूबाट यो सुविधा लिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2023
Website | + posts