टिभिएसद्वारा च्याम्पियन्स एक्सचेन्ज मेलाको आयोजना

हर मोडमा उमंग अफर अन्तर्गत उच्च भ्यालुएशनका साथै आकर्षक अफरहरुको ब्यवस्थापनि

टिभिएसद्वारा च्याम्पियन्स एक्सचेन्ज मेलाको आयोजना : Icon Khabar

काठमाडौँ, असोज १ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । असोज १ गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गते सम्म चल्ने छ । यस भव्य मेला मार्फत ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने कम्पनीले जानकारी दिएको छ ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु १० हजार बढी मूल्य पाउने छन् । मेला मार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा नगद रु. ५ लाख सम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ । साथै, हरेक महिना लक्कि ड्र मार्फत सत् प्रतिशत क्याश ब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. १० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ । यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको ईएमआइमा ईच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन् ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट