१०३ प्रकारका एन्टिबायोटिक औषधि प्रयोग नगर्न सरकारद्वारा निर्देशन जारी

१०३ प्रकारका एन्टिबायोटिक औषधि प्रयोग नगर्न सरकारद्वारा निर्देशन जारी : Icon Khabar

काठमाडौं, असोज १ । सरकारले १०३ प्रकारका एन्टिबायोटिक औषधि प्रयोग नगर्न उपभोक्ता तथा सरोकारवालालाई निर्देशन दिएको छ ।

औषधि प्रशासन विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिक औषधिको प्रयोग न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि निर्देशन दिइएको बताए ।

विश्व स्वास्थ्य संगठनले पनि यी औषधिहरूको प्रयोग गर्न सिफारिस गरेको छैन। ढकालले यी एन्टिबायोटिक प्रयोग गर्नुमा कुनै औचित्य नभएको बताए । “डब्लुएचओले प्रयोग गर्न नहुने १०३ प्रकारका एन्टिबायोटिक्सको सूची प्रकाशित गरेको छ। हामीले यी औषधिहरू दर्ता गर्ने वा प्रयोग गर्न अनुमति दिने छैनौं,” उनले थपे।

उनका अनुसार १ सय ३ एन्टिबायोटिक औषधिमध्ये १३ प्रकारको दर्ता भएको छ ।

विभागले रोगको दर, मृत्यु दर र एन्टिबायोटिक प्रतिरोधको कारणले हुने आर्थिक नतिजालाई कम गर्न राष्ट्रिय कार्य योजना तयार गरेको बताएको छ, जुन एन्टिबायोटिक प्रतिरोधमा विश्वव्यापी कार्य योजनासँग मिल्दोजुल्दो छ। योजना स्वीकृतिको अन्तिम चरणमा रहेको बताइएको छ ।

एन्टिबायोटिक औषधिको दर्ता र नविकरण नगर्न र पैठारी नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको ढकालले बताए । औषधि सल्लाहकार समितिको सिफारिसमा यो निर्देशन जारी गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट