१०३ प्रकारका एन्टिबायोटिक औषधि प्रयोग नगर्न सरकारद्वारा निर्देशन जारी

१०३ प्रकारका एन्टिबायोटिक औषधि प्रयोग नगर्न सरकारद्वारा निर्देशन जारी : Icon Khabar

काठमाडौं, असोज १ । सरकारले १०३ प्रकारका एन्टिबायोटिक औषधि प्रयोग नगर्न उपभोक्ता तथा सरोकारवालालाई निर्देशन दिएको छ ।

औषधि प्रशासन विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिक औषधिको प्रयोग न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि निर्देशन दिइएको बताए ।

विश्व स्वास्थ्य संगठनले पनि यी औषधिहरूको प्रयोग गर्न सिफारिस गरेको छैन। ढकालले यी एन्टिबायोटिक प्रयोग गर्नुमा कुनै औचित्य नभएको बताए । “डब्लुएचओले प्रयोग गर्न नहुने १०३ प्रकारका एन्टिबायोटिक्सको सूची प्रकाशित गरेको छ। हामीले यी औषधिहरू दर्ता गर्ने वा प्रयोग गर्न अनुमति दिने छैनौं,” उनले थपे।

उनका अनुसार १ सय ३ एन्टिबायोटिक औषधिमध्ये १३ प्रकारको दर्ता भएको छ ।

विभागले रोगको दर, मृत्यु दर र एन्टिबायोटिक प्रतिरोधको कारणले हुने आर्थिक नतिजालाई कम गर्न राष्ट्रिय कार्य योजना तयार गरेको बताएको छ, जुन एन्टिबायोटिक प्रतिरोधमा विश्वव्यापी कार्य योजनासँग मिल्दोजुल्दो छ। योजना स्वीकृतिको अन्तिम चरणमा रहेको बताइएको छ ।

एन्टिबायोटिक औषधिको दर्ता र नविकरण नगर्न र पैठारी नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको ढकालले बताए । औषधि सल्लाहकार समितिको सिफारिसमा यो निर्देशन जारी गरिएको उनले बताए ।

Published Date: 18 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु