अस्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थीलाई छात्रवृत्ति बढाउन राजदूत समक्ष आग्रह

अस्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थीलाई छात्रवृत्ति बढाउन राजदूत समक्ष आग्रह : Icon Khabar

काठमाडौं, असोज १ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित,मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलियाबिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे।

उनले धेरै नेपाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्यको रूपमा अस्ट्रेलिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको सङ्ख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थी लाभान्वित हुन सक्छन् भने।

विद्यार्थीहरू सँगै विभिन्न पेसा र व्यवसायमा संलग्न ठुलो सङ्ख्यामा नेपालीहरू अस्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अस्ट्रेलिया र नेपालका बिचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने कुरामा जोड दिए।

अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबिच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुसी पनि व्यक्त गरे।

राजदूत भोल्कले अस्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी गराईन्।

राजदूत भोल्कले नेपाललाई अस्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टोबरमा अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी थिइन्।

Published Date: 18 September 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु