काठमाडौँ महानगरद्वारा राजधानीको स्वयम्भूस्थित टिपटप समोसा पसललाई रु दुई लाख जरिवाना

काठमाडौँ महानगरद्वारा राजधानीको स्वयम्भूस्थित टिपटप समोसा पसललाई रु दुई लाख जरिवाना : Icon Khabar

काठमाडौं, असोज १ । काठमाडौं महानगरपालिकाले राजधानीको स्वयम्भूस्थित टिपटप समोसा पसललाई रु दुई लाख जरिवाना गरेको छ ।

नियमित बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१७ स्थित समोसा पसलमा अखाद्य वस्तु बिक्री गरेको पाइएपछि जरिवाना तिर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

अनुगमन टोलीका प्रमुख अवधेशकुमार झाले पसलमा उत्पादित दूधबारी (पिस्ता–फ्लेभर्ड क्रिम सिरप मिल्कमा मिठा मिल्क बल्स) बिग्रिएको बताए ।

अखाद्य खाद्यवस्तु भण्डारण नगर्न, कर्मचारीको व्यवहार सुधार गर्न, पसल कारखानामा दुग्धजन्य पदार्थको तापक्रम नियन्त्रण गर्न निर्देशन दिइएको उनले बताए ।

महानगरले बिग्रिएका सबै सामान नष्ट गर्न पसल मालिकलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2023
Website | + posts