काठमाडौँ महानगरद्वारा राजधानीको स्वयम्भूस्थित टिपटप समोसा पसललाई रु दुई लाख जरिवाना

काठमाडौँ महानगरद्वारा राजधानीको स्वयम्भूस्थित टिपटप समोसा पसललाई रु दुई लाख जरिवाना : Icon Khabar

काठमाडौं, असोज १ । काठमाडौं महानगरपालिकाले राजधानीको स्वयम्भूस्थित टिपटप समोसा पसललाई रु दुई लाख जरिवाना गरेको छ ।

नियमित बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१७ स्थित समोसा पसलमा अखाद्य वस्तु बिक्री गरेको पाइएपछि जरिवाना तिर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

अनुगमन टोलीका प्रमुख अवधेशकुमार झाले पसलमा उत्पादित दूधबारी (पिस्ता–फ्लेभर्ड क्रिम सिरप मिल्कमा मिठा मिल्क बल्स) बिग्रिएको बताए ।

अखाद्य खाद्यवस्तु भण्डारण नगर्न, कर्मचारीको व्यवहार सुधार गर्न, पसल कारखानामा दुग्धजन्य पदार्थको तापक्रम नियन्त्रण गर्न निर्देशन दिइएको उनले बताए ।

महानगरले बिग्रिएका सबै सामान नष्ट गर्न पसल मालिकलाई निर्देशन दिएको छ ।

Published Date: 18 September 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड