अहिले १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने

अहिले १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने : Icon Khabar

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद् बैठकमा सम्बोधन गर्ने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेका प्रधानमन्त्री दाहालले आज सो विषयमा aजानकारी दिन संसदलाई सम्बोधन गर्न लागेका हुन्।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने र एमाले सांसद सुबास नेम्वाङको निधनबाट ईलाम क्षेत्र नम्बर २ खाली भएको जानकारी गराउने लगायतका कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023






ताजा
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
टी-२० विश्वकपको दोस्रो खेलमा नेपालले इटलीसँग खेल्दै


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न